राजेश पायलको ‘बसन्तको बहार बनी’ (भिडियो)
गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको ‘बसन्तको बहार बनी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार सनम पुरुष राईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युव मार्फत सार्वजनिक भएको हो ।

के .बि .भण्डारीले संगीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समिर राईले छायाँकन र तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।








