फिल्म ‘काउसो’ को टाईटल गीत ‘लागो लागो काउसो’ सार्वजनिक भएको छ । मदन घिमिरेको शब्द, बिकाश चौधरीको संगीत रहेको गीतमा जुनु रिलाज र राम चन्द्र काफ्लेको स्वर सुन्न सकिन्छ । बिक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा नायक सबिन श्रेष्ठ अनु पराजुली र अर्जुन गुरुङ प्रस्तुत छन् । मदन घिमिरेको निर्देशन रहेको फिल्म ‘काउसो’ आउँदो जेठ १७ मा अलनेपाल प्रदर्शनको तयारीमा छ ।

फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला लगायतको अभिनय छ । प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन ।

फिल्मको कथा तथा निर्देशन मदन घिमिरेको पटकथार संबाद भोजराज देवकोटाको रहेको छ । फिल्ममा संगीत बिकास चौधरी, एक्सन शंकर महर्जन र नृत्यमा बिक्रम स्वार, छायाँकनमा रामेश्वर हुमागाई र सम्पादनमा नबिन निरौला छन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।

For More videos Log on to Mazzako TV