बिहेकोलागी तयार गीत ‘मायाले बोले हुन्थ्यो क्यारे’
तेजु परियार र देवी घर्तीको आवाजमा पञ्चेबाजा गीत ‘मायालु बोले हुन्थ्यो क्यारे’ सार्वजनिक भएको छ । सार्बजनिक गीत बिहेको माहोलमा घन्किने निर्माण टोलीको अपेक्षा रहेको छ । उक्त गीतमा अनिल खनालको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तमाङको अभिनय छ । मनोज खत्रीको सम्पादन रहेको भिडियोमा करण चौसिरको छायांकन छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।