कुनै समय प्रेममा रहेका नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण दर्शकको पनि बेस्ट कपल थिए । तर, रणवीरको नायिका कट्रिना कैफ सँग चक्कर चले पछी उनीहरुको ब्रेकप भएको थियो ।

अहिलेको कुरा गर्ने हो भने दीपिका पादुकोणले नायक रणवीर सिंहसँग बिबाह गरिसकेकी छिन् । रणवीर कपुर पनि आलिया भट्ट सङ्गको रिलेसनमा छन् । लामो समय बोलचाल नै बन्द गरेका रणवीर कपुर र दीपिकाको सम्बन्ध भने अहिले सुध्रिएको छ ।

यस्तैमा, दीपिकालाई रणवीरको परिवार बाट गिफ्ट आएको छ । उनलाई रणवीरकी आमा नितु र रणवीरको दिदी रिधिमाले एक ब्रास्लेट गिफ्ट गरेका हुन् । दीपिकाले उक्त ब्रास्लेटको फोटो सामाजिक संजलमा सेयर पनि गरेकी थिइन् । उक्त उपहार लाई दीपिकाले‘आशिर्वाद र शुभकामना’का रुपमा पाएको लेखेकी छिन् ।

For More videos Log on to Mazzako TV