बर्षको सुरुवातमा सिनेमाको व्यापार राम्रो भयो भने त्यो बर्ष नै सुखद हुन्छ भन्छन् । यो बर्षको सुरुवात कस्तो भयो होला ? यो बर्षको सुरुवातमा दुइवटा नेपाली फिल्म चलेका थिए ।

चलचित्र छक्का पन्जा २ लाई रिपिट चलाइयो भने कालो बर्ष फ्रेस रिलिज भयो । तर, दुबै सिनेमाले व्यापार गरेनन् । त्यसको एक हप्तापछि चल्यो, दाल भात तरकारी । दाल भात तरकारीले व्यापार राम्रो गरिरहेको छ । सिंगल हलमा भन्दा मल्टिप्लेक्समा सिनेमाको व्यापार राम्रो छ ।

सिनेमालाई समिक्षकले राम्रो नभन्दा पनि हलमा भने दर्शकको संख्या कम छैन । यसैले, दाल भात तरकारीले यो बर्षको सुरुवात राम्रो गरेको छ । यो व्यापारिक असर बर्षभरी नै रहला त ? यो भने प्रतिक्षाको बिषय छ ।

For More videos Log on to Mazzako TV