नेपाली रेडियो जगतका एक उज्ज्वल नक्षत्र तथा इमेज एफएमका पूर्व स्टेशन म्यानेजर सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्युरोन डिजिज एमएनडीबाट पीडित ४५ वर्षिय श्रेष्ठको शुक्रबार राति उपचारको क्रममा ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आज बिहान करीब २ः१५ बजे निधन भएको हो । नसा सम्बन्धि रोगका कारण श्रेष्ठ हातगोडा नचल्ने, बोली नआउने लगायतका समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि यही बैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो । पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उक्त अस्पतालमा निरन्तर उपचार पछि २०७२ साल बैशाखमा नेपाल फर्किएका थिए । विनाशकारी महाभूकम्पपछि उनलाई रोगले थप ग्रस्त बनाएको थियो ।

बुलन्द स्वरका धनी श्रेष्ठ विक्रम संवत २०५६ सालदेखि इमेज एफएमको स्टेशन म्यानेजर रहेका थिए । उनका थुप्रै गीतमा प्रोमोहरु छन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका छन् । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

For More videos Log on to Mazzako TV