प्रेमगीत-३मा हिरोइन बन्ने अवसर-अडिसन आह्वान
अहिलेका चल्तीपुर्जा प्रदिप खड्कालाई स्टार बनाएको फिल्म प्रेमगीतको सिक्वेल प्रेमगीत-३ ले पहिलो पोस्टर रिलिज सङ्गै चर्चा पाएको छ । प्रदर्शन मिति आउँदो चैत २८ गते तोकिएको फिल्मको अहिले नायिका छान्ने काम भइरहेको छ । सन्तोष सेन र छेतेन गुरुङले मिलेर फिल्मको निर्देशन गर्दैछन् ।

‘प्रेमगीत ३’ मा पनि नायक प्रदीप नै प्रमुख भूमिका निभाउँदैछन् । गीतको भूमिकाको लागी निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । उनले तत्काल फिल्म नगर्ने बताएपछी निर्माता/ निर्देशक सेनले अब नयाँ अनुहार लिने भएका छन् । सोमवार निर्माता सेनले एक विज्ञप्ती जारी गर्दै १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुलाई लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन आह्वान गरेका छन् ।









