पुर्बिय देशहरुमा तुलानात्मक रुपमा सबैभन्दा धेरै राष्ट्रियता बिक्छ भनिन्छ । यो कुरामा भारत निकै अघी छ । भारतीय फिल्महरुमा धेरै कथा रास्ट्रभक्तीमा बन्ने गर्छन् । त्यस्ता फिल्म खेल्नेमा अक्षय कुमार अग्रपङ्तीमा चिनिन्छन् । तर पछिल्लो समय उनको नागरिकताको बिषयलाई लिएर भारतमा ठूलै चर्चा भैरहेको छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् । अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधे । जसमा अक्षयले केहि जवाफ दिएनन् । तर, यसपछि भने अक्षयको राष्ट्रियताको प्रश्न उठेको थियो ।

यस बिषयले निकै स्ठान पाएपछी अक्षयले मुख खोलेका छन् । उनले आफू क्यानेडियन नागरिक भएको स्विकारेका छन् । उनले भनेका छन्–‘अहिले मेरो नागरिकताको विषयमा धेरै नकरात्मक कुराहरु आइरहेका छन् । यो कुरा मैले आश गरेको पनि थिइनँ । हो, मसँग क्यानडाको नागरिकता छ । तर, पछिल्लो ७ वर्षदेखि म क्यानडा पुगेको पनि छैन ।’ उनले आफु लाई कर्मा भुमी अर्थात भारतको कती माया लाग्छ कसैलाई प्रमाणित गर्नु जरुरी नरहेको बताउछन् ।

For More videos Log on to Mazzako TV