सलमानलाई प्रियंकाको घात कट्रिनाको साथ
निक जोनाससँग विवाहपछी खासै बलिउड फिल्ममा नदेखिएकी प्रियंका चोपडाले सलमान खानलाई घात गरेको खुलासा भएको छ । यो प्रसँग यस वर्षको प्रतिक्षित बलिउड चलचित्र ‘भारत’ को हो । अहिले सलमान सँग फिल्ममा कट्रिना कैफ छिन् । तर कट्रिना भन्दा पहिले प्रियंका उक्त फिल्ममा अनुबन्धित भएको खुलेको छ । चलचित्रमा नायिका प्रियंका चोपडा अनुबन्धित भए पछी अन्तिममा आएर समय दिइनन् । प्रियंकाले चलचित्र नगर्ने भएपछि कट्रिनालाई चलचित्रमा भित्राइएको थियो । नायक सलमानले नै यो कुराको खुलासा गरेका हुन् ।

एक भारतिय मिडियामा अन्तर्वार्ता दिने क्रममा कट्रिनालाई यस फिल्मको लागि भएको मिहिनेतको बिषयमा प्रश्न गरिएको थियो । उक्त प्रश्नमा कट्रिनाको जवाफ पछी सलमानले पनि जबाफ दिए। उनले भनेका छन्– ‘हामीले प्रियंका चोपडालाई चलचित्रमा लिएका थियौँ । तर, सुटिङको एक महिना अगाडि आएर उहाँले चलचित्र नगर्ने भन्नुभयो । त्यसपछि कट्रिनालाई लिएका हौँ । कट्रिनाले धेरै समय दिएर मिहिनेत गर्न पाएकी छैनन् ।’

तर,अलीअब्बास जफर निर्देशित यस चलचित्रमा कट्रिनाले आफूलाई छोटो समयमै निकै मिहेनेत गरेको र रोलको लागी पनि न्याय दिएको सलमानले बताए । कट्रिनाको काम राम्रो भएको भनेर सलमानले तारिफ गरे । ‘भारत ‘ इदको अवसर पारेर रिलिज हुदैछ ।
For More videos Log on to Mazzako TV