जाभेद अख्तरलाई आयो जिब्रो थुत्ने धम्की
भारतका प्रसिद्ध गीतकार जाबेद अख्तरलाई जिब्रो थुत्ने र आँखा निकालिदिने धम्की आएको छ । उनले लेखेको एउटा ट्विटको बिषय लाई लिएर हिन्दूवादी समुह ‘करणी सेना’ नामको समुहले धम्की दिएको हो । करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले यस बिषय लाई प्रस्ट्याएका छन् । उनले भनेका छन् ‘हामीले अख्तरलाई तीन दिनभित्रमा माफी माग्न भनेका छौं । यदि माफी नमागेमा हामी उनको आँखा झिकेर गुच्चा खेल्नेछौं र जिब्रो पनि थुतिदिने छौं । यति मात्रै होइन, हामी उनलाई घरभित्रै पसेर कुट्नेछौँ ।’

अख्तरले भारतीय जनता पार्टीका केही नेताहरुको भनाईको जवाफ दिएको अवस्थामा यसरि बिरोधमा फसेका हुन् । भा.ज.पाका केही नेताहरुले मुस्लिम महिलाहरुलाई बुर्का लगाउन प्रतिवन्ध गर्नुपर्ने विषयमा आवाज उठाएपछि अख्तरले त्यसको बिरोध गरेका थिए । र ट्विटरमा टिप्पणी गरेका थिए । यस बिषयमा उनले यदि बुर्कामा प्रतिवन्ध लगाउने हो भने हिन्दू महिलाहरुलाई घुम्टो ओढ्न पनि रोक लगाउनुपर्ने बताएका थिए । त्यही अभिव्यक्ति करणी सेनाको आक्रोश र जाबेद अख्तरको पासो बनेको हो ।
For More videos Log on to Mazzako TV