नेपालमा सुटिङ भएको‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर यस्तो
नेपालको बिभिन्न रमणिय स्ठानमा बेला बखत बलिउड र हलिउड फिल्म छायांकन हुने गर्छ । केही समय अघी भारतिय अभिनेता अर्जुन कपुरको एक फिल्म नेपालमा छायांकन गरिएको थियो । सोही फिल्म ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।

यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतको अभिनय रहेको छ । ट्रेलरमा नेपाली कलाकार कमलमणी नेपाललाई पनि देखाइएको छ ।