मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’गीतको भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको गीतमा प्रल्हाद शाहको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ ।

भिडियोमा चर्चित नायक दयाहाङ राइ र लक्ष्मी बर्देवालाई फिचर्ड गरिएको छ । निकै कम म्युजिक भिडियोमा देखिने दयाहाङ र लक्ष्मीको जोडी लाई भिडियो रिलिज सङ्गै दर्शकले राम्रो प्रतिकृया दिएका छन् ।

For More videos Log on to Mazzako TV