कृशल र मिनराजको ‘बरिलै’मा करिश्मा
नेपाल आईडल सिजन २ का कृशल कँडेल र मिनराज पौडेलले दुबैको स्वरमा नयाँ गीत ‘बरिलै’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा कृशल, मिनराज र करिश्मा ढकालले मोडलिङ गरेका छन् । भिडियो लाई शक्ति प्रज्ज्वल घिमिरेले सम्पादन गरेका छन् । नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन् ।

नेपाल आईडलमा रुचाईएका दुई कन्टेस्टेन्ट कृशल र मिनराजले रिलिज भएको गीतबाट पनि दर्शक स्रोताको साथको अपेक्षा गरेका छन् ।