अभिनेत्री पूजा शर्माको जन्मदिन उनका फ्यानहरुले धुमधामसँग मनाएका छन् । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको उपस्थितीमा पूजाका फ्यानहरुले जन्मदिन सेलिव्रेशन गरेका हुन् । राजधानीको एक रेष्टुरेन्टमा फ्यानहरुले आफै खर्च जुटाएर जन्मदिन मनाएका थिए । अभिनेत्री पूजा शर्मालाई फ्यानहरुले सुनको सिक्री र थुप्रै गिफ्ट ह्याम्पर दिएका थिए ।

अभिनेत्री पूजा शर्माले आफूले यती धेरै माया पाउँछु भनेर नसोचेको बताइन् । उनले फ्यानले दिएको माया नै आफ्ना लागि सबैभन्दा ठूलो माया भएको सुनाइन् । यता, अभिनेता आकाश श्रेष्ठले पनि पूजाको बाटोमा आफू हिडेको सुनाए ।

पूजाका फ्यानले उनको निडर हुने बानी आफूहरुलाई मनपर्ने बताए । फिल्म क्षेत्रमा कोही नभएपनि पूजा अगाडि बढेको भन्दै आफूहरुले उनलाई सधै सपोर्ट गर्ने फ्यानले बताए ।

For More videos Log on to Mazzako TV