नीती शाह सधै चर्चामा रहन्छिन् । उनको सुन्दरतादेखि उनलाई लिएर फिल्म बनाउन लागिएका कुरा खबरमा सधै आउँछन् । नीती शाहले अभिनेता प्रदिप खड्कासँग एउटा विज्ञापनमा काम गरेपछि उनले प्रदिपसँग काम गर्न लागेको खबर पनि आयो ।

प्रदिपको फिल्म लभ स्टेशन हेर्न पुग्दा नीतीले प्रेमगीत ३ बाट अफर आएको बताएपछि यसले झनै चर्चा पायो । प्रेमगीत ३ को घोषणा भएसँगै हिरोइनको को हुन् भन्ने पनि चर्चा भयो । यसैविच नीती शाहको नाम पनि सार्वजनिक भयो । तर, नीतिले भने आफूले फिल्म गर्न नलागेको बताएकी छिन् ।

उनले, आफूले फिल्म गर्न नलागेको र बजारमा आएका सबै कुरा हल्ला बताएकी छिन् । नीतीले प्रेमगीत ३ को नाम उल्लेख नगरी फिल्म गर्न नलागेको बताएपछि अब हिरोइन को भन्ने चर्चा सुरु भएको छ ।

For More videos Log on to Mazzako TV