प्रदीप भट्टराई निर्देशित नेपाली फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ ।
‘जात्रै जात्रा’ कमेडी जनराको फिल्म दुई बर्ष अघीको फिल्म ‘जात्रा’ को सिक्वेल हो । जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह रबिन्द्र सिंह बाँनिया हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । पहिलो भागमा भेटाएको पैसा लुकाउने संघर्षको कथा थियो भने ‘जात्रै जात्रा’ मा सुन लुकाउने र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।

For More videos Log on to Mazzako TV