सनुप पौडेल भन्छन ‘म थाकिसके’ (भिडियो)
गायक सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक पौडेल ‘भ्वाइस अफ नेपाल’को जज बनेपछी थप चर्चामा छन् । विदेशमा बस्ने परदेशीको पिडालाइ देखाउन खोजिएको गीतमा एभरेष्ट केसीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको ।

यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् । गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।









