डा. भोला रिजालको शब्दमा गायक डा. रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ। पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ‘विश्वास’ बोलको भिडियो रिलिज गरिएको हो।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ।

For More videos Log on to Mazzako TV