सलमानको ‘भारत’ ट्रेलर रिलिज

चर्चित भारतीय कलाकार सलमान खानको फिल्म ‘भारत’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा सलमान खानलाई फरक अवतारमा देख्न सकिन्छ । भारतमा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिन्छन् । सलमान र क्याटरिना केफ स्टारर फिल्म ‘भारत’ आगामी बर्षको इदमा प्रदर्शनमा आउदै छ । फिल्ममा दिशा पटानी पनि प्रमुख भूमिकामा हुनेछिन् । ट्रेलरमा एक व्यक्तिको ६० बर्षको जिवान यात्रालाइ देखाईएको छ ।