राकेशको आवाजमा ‘हिजो सम्म मलाई मायाँ’
राकेश ओलिको आवाजमा ‘हिजो सम्म मलाई मायाँ ‘ बोलको गीतमा म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गयपछीको पिडालाई यस म्युजिक भिडियोमा देखाइएको छ।

भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियोमा जेनिथ शर्माको निर्देशन रहेको छ। हरिश महराको छायांकन सुजन शाहिको सम्पादन रहेको यस भिडियोको कथा परिकल्पन भने मुना खरेलको हो। सन्तोष तामाङ्को शब्द सिर्जना रहेको यस गीतमा राकेश ओलीको सङ्गीत संयोजन रहेको छ ।
For More videos Log on to Mazzako TV