प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’ को नयाँ प्रदर्शन मिति सहित दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्म जेठ ३ बाट सरेर जेठ ३१ गते रिलिज हुने पक्का भएको हो । फिल्मको ‘बरु अर्को जुनी’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ । शान्ति प्रियको शब्द रहेको गीतलाई दिपक शर्माले संगीत भरेका हुन् । भिडियोमा प्रियंका र आयुष्मानकासंगै डेव्यु अभिनेता विशाल खरेल प्रस्तुत छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो निकै मज्जाको बनेको छ । म्युजिकल प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सिनेमामा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ ।

मनिष दाहाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

For More videos Log on to Mazzako TV