काजिश श्रेष्ठको निर्देशनमा लोकदोहोरी ‘महाशय’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाज रहेको छ । गीतलाई मालती म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

डम्वर चन्द बगरको शब्द सिर्जना तथा रामु खड्काको संगीत गीतमा रहेको छ । घमण्डको कारण प्रेमी प्रेमिका विचमा हुने मतभेदलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन,अमर शाक्यको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।‘ महाशय ’गीतको भिडियोमा सुमन परियार र रुपा कडेँलको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV