भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ । ‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ। देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ती संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ ।

For More videos Log on to Mazzako TV