नेहा कक्कडको नेपालमा कन्सर्ट हुँदै
बलिउडकि चर्चित प्लेब्याक गायिका ‘नेहा कक्कड’ काठमाण्डौ आउने भएकी छिन् । पछील्लो समयकि अत्याधिक रुचाएकी गायिका का धेरै गीत हिट छन् । जसमध्य ‘आँख मारे,काला चस्मा,दिलबर दिलबर,लण्डन ठुमकदा’ लगायतका गीतहरू पर्छन् । उनलाई ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’ ले नेपाल ल्याउन लागेको हो ।

नेहाको नेपाल को लागी कार्यक्रम चैत २७ र २८ दुई दिनको लागी छ । २७ गते काठमाण्डौको गैरीधारास्थित ‘लस एस्कोबारमा’ उनले लाइभ प्रस्तुती दिनेछिन् भने २८ गते ठमेलस्थित ‘एलओडीमा’ उनको प्रस्तुती रहनेछ । नेहाले आफू काठमाण्डौ आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन् । उनले एउटा भिडियो बनाउँदै आफू नेपाल आउन लागेको र सोही भिडियो मार्फत सबैलाई निम्ता पनि दिएकी छिन् ।
