बुधबार राजधानीमा  मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत “नभन मेरो भाग्य “को बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  एक कार्यक्रमको बिच  गीतको बिमोचन गरेका हुन् । चर्चित गायक शिव परियारको स्वर तथा नरेश कुमार प्रधानको शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतमा अभिनेता सरोज खनाल ,सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश  लामाले अभिनय गरेका छन।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्  ।बुद्ध थापाले छायांकन गरेको यस  गीतलाई  बिकाश धमलाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV