बुधबार राजधानीको बीग मुभिजमा आयोजना भएको सिनेमा ए मेरो हजुर ३ को ट्रेलर युटुबमा भने निर्धारित समयमा आउने सकेन । सिनेमा युटुबमा आउन नसक्नुको कारण थियो, यसमा देखिएको प्राविधिक समस्या ।

सिनेमाको ब्याकग्राउन्ड म्यूजिकको मिक्सिङको काम नै नभएपछि यो समस्या देखिएको थियो । ब्याकग्राउन्ड म्यूजिकको जिम्मा लिएका उत्तम न्यौपानेले पुरा काम गरेनन् । बरु, उनी साइँली सिनेमाको काममा व्यस्त बने । जसलेगर्दा, ए मेरो हजुर ३ को ब्याकग्राउन्ड म्यूजिक मिक्सिङ हुन सकेन ।

सिनेमाको ट्रेलरलाई व्यग्रताका साथ प्रतिक्षा गरेका दर्शक निराश भए । यो कुराले सिनेमाको निर्माण टिमलाई पनि तनाव सिर्जना गरेको छ ।

For More videos Log on to Mazzako TV