२२ बर्ष लागिन् आँचल (भिडियो)
अभिनेत्री आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । आँचलले आफू आजबाट २२ बर्षमा प्रवेश गरेको पनि उल्लेख गरेकी छिन् । अभिनेत्री शर्माले जन्मदिनको अवसरमा आफूले आफूमा केही कमजोरी भएको खण्डमा त्यसलाई सुधार गर्दै अगाडि जाने पनि बताएकी छिन् ।

अभिनेत्री शर्माले जन्मदिनमा समाजसेवामा पनि अग्रसर भएको बताएकी छिन् । मानव आश्रमदेखि स्नेही काखसम्म पुगेर उनले आफूले सक्दो सहयोग गरेको आँचलको भनाई थियो । अभिनेत्री आँचल शर्माको जन्मदिनको अवसरमा दाल भात तरकारी टिमले केक समेत काटिदिएको थियो । अभिनेत्री शर्माले मह संचार र किरण केसी आफ्नै परिवारको सदस्य भएको बताइन् ।

उनले आफूलाई जन्मदिनको पहिलो शुभकामना परिवारबाट मिलेको पनि बताइन् । वैशाख २० गते रिलिज हुन लागेको फिल्म दाल भात तरकारीबाट आँचल खुबै आशावादी पनि छिन् ।








