के करिश्मा फेरि हिट हुन चाहन्छिन् ?
अभिनेत्री करिश्मा मानन्धरलाई फेरि हिट हुने लोभ पलाएको हो र ? होइन भने उनी गीत हिट हुन्छ भन्ने सोच बोकेरै एउटा फिल्मको एउटा गीतमा किन कम्मर मर्काउन तयार हुन्थिन् होला र ?

अभिनेत्री करिश्मा मानन्धरले जात्रै जात्राको माया पिरिम बोलको गीतमा नृत्य गरेकी छिन् । उनले सुरुवातमा त यो गीतमा आफू काम गर्न तयार नभएको बताइन् । किनकी, पढाइका कारण उनले मेन्टेन पनि गर्न पाएकी थिइनन् । तर, उनले यो गीत सुनेपछि यो पक्कै हिट हुन्छ भनेर वुझिन् ।
यसैले यसमा मेन्टेन नै नगरेपनि देखिनुपर्छ भन्ने उनलाई लाग्यो र उनले अभिनय गरिन् । करिश्माको फिल्मको यात्रा अहिले सुखद छैन । यही भएर उनी एउटा गीतमा भएपनि नृत्य गरेर हिट हुन खोजिरहेकी त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।