‘बाहुबली’निर्देशक एसएस राजमौलीको नयाँ फिल्मको चर्चा पछिल्लो समय निकै छ । उनले बनाउन लागेको चलचित्र हो ‘आरआरआर’ । उक्त फिल्ममा छनोटा भएका कलाकारको कारण पनि यत्तिको चर्चा भएको मान्न सकिन्छ । फिल्ममा दक्षिण भारतका दुई सुपरस्टार राम चरण र जुनियर एनटिआर पक्का भैसकेका छन् ।

नायिकाको भूमिकामा धेरै बलिउड अभिनेत्री लाई भनिए पनि अन्त्यत फिल्मका लागि नायिका आलिया भट्ट हुने भएकी छिन् । आलियाले यो चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । आलियाले रामचरण सँग रोमान्स गर्ने छिन् ।

आलिया सङ्गै बलिउडका अर्का कलाकार पनि यस प्रोजेक्टमा अनुबन्धित भएका छन् । अजय देवगणलाई पनि दर्शकले आरआरआरमा देख्न पाउनेछन् । तर, अजयले भने फिल्ममा केमियो भूमिका मात्र गर्नेछन् । सुन्नमा आए अनुसार उनको रोल सानो भएपनि दमदार छ ।

सन् २०१९ भित्र रिलिज गरिने फिल्म आरआरआर को लगानी ३०० करोड रहनेछ ।

For More videos Log on to Mazzako TV