जब सलिनमान हेटौडा पुगे (फोटो फिचर)
सलिनमान बनियाँ फिल्म यात्रा प्रचारका लागि हेटौडा पुगेका छन् । शनिवार सलिन आफ्नो रिलिजको क्रममा रहेको फिल्म ’यात्रा स् अ म्युजिकल भ्लग’ को प्रचारप्रसारको लागि टिम सहित पुगेका थिए । हेटौडामा जारी औधोगिक मेलामा सलिनमानलाई हेर्न दर्शकको भिड उर्लिएको छ ।

सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए । सलिन झन्डै १० मिनेट स्टेजमा रहदा उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डायलग समेत सुनाएका थिए ।

यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।
फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।
For More videos Log on to Mazzako TV







