कहिलेकाँही बलिउडका चर्चित निर्देशक/निर्माता करण जोहर बढी कमर्सियल भएको आरोप बाट मुछिनु परेको छ । हुनत उनि बलिउडका धेरै नायक नायिका सँग नजिक छन् । तर केही नायिका यस्ता पनि छन्, जो करणसँग खासै खुशी छैनन् । जसमध्य नायिका कंगना रनावत पहिलो स्थानमा पर्छिन् । अब भने अर्की एक नायिकाले पनि करणसँग दुखेसो पोखेकी छिन्। चलचित्र ‘बदला’की नायिका तापसी पन्नुले घुमाउरो शैलीमा करणप्रति आक्रोश पोखेकी छिन् ।

करण जोहरको चर्चित कार्यक्रम ‘कफि विथ करण’मा थुप्रै नयाँ नायिकाहरु सहभागी भैसकेका छन् । तर, यो शोमा नायिका तापसी पन्नु अहिलेसम्म सहभागी हुन पाएकी छैनन् । तापसीको रिस आफु कार्यक्रममा सहभागी हुन नपाएर मात्र नभई अन्य कारण ले पनि रहेको छ । त्यो कारण अनन्या पाण्डे हुन् ।अनन्या आफ्नो फिल्म रिलिज नहुँदै करणको शोमा सहभागी हुन पाइन् । यसैविच, हालैमात्र करणको कार्यक्रमको प्रोमोमा कलाकार वीर दासले रमाइलो गर्दै तापसीको नाम जोडेका थिए । यसमा नायिका तापसी पन्नुले घुमाएर जवाफ दिएकी छिन् ।

तापसीले लेखेकी छिन्–‘हाहाहा, रमाइलो । तर, यो ठाउँमा पुग्नका लागि म अझै पनि योग्य छैन । म यो श्रृङ्खला हेर्नका लागि हताएिकी छु । तपाइहरु सबै एकदमै रमाइलो गर्नुहुन्छ ।’ करणले आफ्नो शोमा बलिउडका थुप्रै नयाँ नायिकालाई निम्तो गरिसकेका छन्। तापसी भने अहिलेसम्म करणको उक्त शो मा जान पाएकी छैनन् ।

For More videos Log on to Mazzako TV