पछिल्लो समय बलिउडमा खान स्टार्डम ओरालो लागेको बेला अक्षय कुमार अभिनित धेरै फिल्मले राम्रो गरिरहेका छन् । उनका फिल्म बक्स अफिस मात्र हैन क्रिटिक्सको दृस्टिकोण बाट पनि राम्रै चर्चा हुने गरेको छ ।

अक्षय कुमार अहिले आफ्नो नयाँ चलचित्र ‘सुर्यवंशी’मा व्यस्त छन् । उक्त फिल्म को पहिलो पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई प्रहरीको भूमिकामा देखाईएको छ ।

फिल्म लाई सफल एक्सन फिल्म निर्देशक निर्देशक रोहित सेठ्ठीले निर्देशन गर्दै छन्। सेठ्ठीको निर्देशनमा बन्ने यो चलचित्र एक्सन जनरामा निर्माण हुनेछ । रोहित ले आफ्ना अन्य सफल फिल्ममा जस्तै यसमा पनि ससक्त प्रहरीको कथा लाई प्रस्तुत गर्दै छन् ।

For More videos Log on to Mazzako TV