प्रदीप र जसिताको मज्जाको ‘लभ स्टेशन’ ट्रेलर (भिडियो)
पछील्लो समयका चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । यि जोडीको ‘लिली बिली’ पस्चात यो दोस्रो फिल्म हो ।
प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।यसलाई आलोक शुक्लाले खिचेका हुन् ।

यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्म लाई खारिएका निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्मलाई निर्माण भने गोविन्द शाहीले गरेका हुन् । उक्त फिल्म चैत २२ गतेबाट प्रदशनमा आउदै छ ।








