आलिया र टाइगर एकसाथ
पछिल्लो समयकि चर्चित बलिउड नायिका आलिया भट्ट र टाइगर श्राफ अब एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुले चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मा एकसाथ काम गर्न लागेका हुन् । उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् ।
बलिउड मिडियाका अनुसार आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् । आलिया र टाइगरको गीत भने आगमी साता खिचिने बताइएको छ । अहिले टिम गीतको छायांकनका लागि पूर्व तयारी गरिरहेको छ । गीतको छायांकनका लागि सुबुरबन स्टुडियोमा भब्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले करियोग्राफी गर्नेछन् ।

‘स्टुडेन्ट अफ दि इयर’मा मुख्य भूमिका निर्वाह गरेका नायकद्धय वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि यस चलचित्रमा विशेष भूमिका निर्वाह गर्नेछन् । उनीहरुको पनि आगामी साताको लागि छायांकन मिति तय गरिएको छ ।
पुनित मल्होत्राको निर्देशन रहेको ‘स्टुडेन्ट अफ दि इयर २’मा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ । धर्मा प्रोडक्सनको बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । यो चलचित्र मे १० बाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV