बलिउड सुपरस्टार सलमान खान को ‘दंबग ३’ पछिल्लो समय चर्चामा छ । छायांकनमा नजाँदै यस फिल्मले विभिन्न तवरबाट चर्चा पाइरहेको छ । त्यस्तैमा, नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले फेरी माहोल तातेको छ । फिल्ममा नायिकाको रुपमा भने सोनाक्षी सिन्हा रहने छिन् ।

फिल्मको निर्माता रहेका अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई अफर गरिएको हो । निर्माता खानले छिट्टै नै चलचित्रको औपचारिक निर्माण घोषणा गरिने र त्यहाँ उक्त कुराको पनि औपचारिक घोषणा गरिने बताए । तर करिनाको तर्फ बाट भने कुनै प्रतिकृया आएको छैन ।

‘दबंग ३’ अप्रिलबाट छायांकनमा जाने बताइएको छ । चलचित्रलाई प्रभु देवाले निर्देशन गर्ने भएका छन् ।

For More videos Log on to Mazzako TV