सलमान खेल्नेभए भन्सालिको फिल्ममा
बलिउड सुपरस्टार सलमान खान र चर्चित निर्देशक संजयलीला भन्साली बीच १९ बर्ष पछी टिमअप हुने भएको छ । सन् १९९९ मा सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘हम दिल दे चुके सनम’ पश्चात उनिहरु कुनै प्रोजेक्टमा देखिएका छैनन् ।

उक्त फिल्ममा भन्सालीले सलमानलाई रोमान्टिक अवतारमा प्रस्तुत गरेका थिए । त्यस चलचित्रमा सलमानको जोडी ऐश्वर्या राय बच्चन थिइन् ।
उनिहरुको एक लभस्टोरी फिल्ममा टिमअप भएको हो । सलमान र भन्साली टिमअपका लागि केही समय यता लगातार छलफलमा थिए । हालै ‘भारत’को छायांकन सकेका सलमान केही समयपछि ‘दंबग ३’ को छायांकनमा व्यस्त रहनेछन् । त्यसपछी मात्र उनिहरु ले यस फिल्म को लागी काम गर्ने छन् ।









