फिल्म निर्माण गर्दै साहिद
बलिउडका नायक साहिद कपुर एक भर्सटाइल कलाकार हुन् । तर पनि उनले खेलेका पछिल्ला चलचित्र ले उनलाई कुनै ठुलो चिनारी दिइरहेको छैन । अब भने नायक साहिद आफ्नो परिचय लाई बिस्तार गर्दै निर्माताको रुपमा पनि प्रस्तुत हुने भएका छन् । साहिदले उनको आगामी प्रोजेक्ट ‘डिङ्को सिंह’मा लगानी गर्न लागेका हुन् । यो चलचित्रमा साहिद मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

यो चलचित्र पुराना बक्सर खेलाडी नगम्गमोको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको हो । यी खेलाडीले १९ वर्षको उमेरमा बैंकक एसियन खेल जितेका थिए ।
बायोपिक स्पोर्ट ड्रामा भनिएको यो चलचित्रलाई राजा कृष्ण मेनोनले निर्देशन गर्नेछन् । अहिले चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रको कथा तयार गर्न केही कठिन भइरहेको भए पनि यसै वर्ष चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ ।
For More videos Log on to Mazzako TV