भारतीय चर्चित गायक सोनु निगम अहिले नेपालमा छन् । उनलाई नेपाल आएको केहि दिन मै अस्पताल भर्ना हुनु परेको छ । उनि अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा.पंकज जलान, डा .प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पताल स्रोतले उनको अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको बताएको छ । यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि पोखरमा हुने कार्यक्रम को लागी आएका थिए ।

For More videos Log on to Mazzako TV