रणविर-आलियाको ‘गली व्वाई’को कमाई ५१ करोड
गल्ली को र्यापरको कथा बोल्ने रणविर सिहं तथा आलिया भटको बलिउड फिल्म ‘गली व्वाई’ले राम्रो प्रतिकिया पाइरहेको छ। फिल्मले प्रतिकृया मात्र हैन वक्सअफिसमा मज्जाको कमाइ पनि गरेको छ । सिनेमाले रिलिजको तीन दिनमा ५१ करोड भारूको कमाइ गरेको छ। रिलिजको तेश्रो दिन शनिबार व्यापारमा ४५ % भढाएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन्।

भ्यालेन्टाइन डे को दिन (बिहिबार) रिलिज भएको सिनेमाले सो दिन १९.४० करोड भारू कमाइ गरेको थियो । दोस्रो दिन शुक्रबार को कमाइ भने पहिलो दिनको तुलनामा खस्केको थियो । शुक्रबार फिल्मले १३ करोड भारू कमाइ गर्यो। शनिबार करिब १८.६५ करोड भारू कमाइ गरेको छ ।
कमाइका हिसाबले ‘गल्ली व्वाई’ रणविरको ‘सिम्बा’पछि सर्वाधिक सुरूवाती कमाइ गर्ने दोश्रो सिनेमा बनेको छ।








