अमिताभ र ताप्सीको बदला (भिडियो)
बलिउडका महानायक अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ । सस्पेन्स तथा थ्रिलर कथामा निर्माण भएको फिल्म मा ताप्सी पन्नु र सुजोय घोसको पनि विशेष भूमिका रहने छ ।
चलचित्र ‘पिंक’ पछि अमिताभ र तपसी एकसाथ देखिन लागेका हुन् । चलचित्रमा अभिताभ बच्चनले एक वकिलको भूमिका निर्वाह गरेका छन् भने ताप्सी एक अपराधीको भूमिकामामा प्रस्तुत छिन् ।

रेड चिल्ली र एजुरो इन्टरटेन्टमेन्टको संयुक्त व्यानरमा निर्माण भएको ‘बदला’लाई सुजोय घोशले निर्देशन गरेका हुन् । चलचित्रमा गौरी खान, सुनिल खोतेरपाल र अक्षी पुरीको लगानी छ ।’बदला’ आउने मार्च ८ को दिन प्रदर्शन हुनेछ ।