बलिउड अभिनेता ऋतिक रोशनको आगामी चलचित्र हो ‘सुपर ३०’ । फिल्म रिलिजको अन्तिम तयारी भईरहँदा निर्देशक भने गायब भएका छन् । फिल्मको निर्देशन विकास बहल ले गरेका हुन्, तर उनलाई निर्देशकको उपमा भने दिइएको छैन ।

निर्माण युनिटका सीईओ शिवासिष सरकारले भन्छन् “विकास बहल ले प्रोडक्सनमा सहभागी नभएपछि उनलाई क्रेडिट नदिएका हौँ ।” उनका अनुसार यस चलचित्रलाई ‘इन-हाउस क्रेडिट पार्टनर’ को सहयोगमा सम्पन्न गरिएको छ । त्यहाँ कुनै निर्देशकलाई क्रेडिट नदिएको उनले बताए । शिवाशिषले अनुराग कश्यप यस चलचित्रको निर्देशकका रुपमा रहे पनि उनको नाम निर्देशकमा नराख्ने सहमती भएको समेत बताएका छन् । उनले निर्देशकको रुपमा कोही आबद्ध भएपछि उसले आˆनो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘निर्देशक भएपछि त चलचित्र निर्माणको पूर्ण जिम्मेवारी लिनुपर्ने हो नि । तर, उनी त बीचबाट नै गायब भए । उसलाई अब के कारणले क्रेडिट दिउँ ?’

यस भन्दा पहिले अक्टुबरमा पनि ऋतिक रोशनले #metoo मुभमेन्टमा मुसिएकाले बिकास बहल लाई कडा कार्वाही गर्न फिल्मको प्रोडुसर लाई आग्रह गरेका थिए । उक्त मुभमेन्टमा फ्यान्टम फिल्मकि पूर्व कर्मचारिले बिकास लाई आरोप लगाएकी हुन्।

चलचित्रमा ‘सुपर ३०’मा ऋतिकसँगै मरुनल ठाकुर र पंकज त्रिपाठीले अभिनय गरेका छन् ।‘सुपर ३०’ जुलाई २६ मा रिलिज हुँदै छ ।

For More videos Log on to Mazzako TV