रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि निर्माता केशव भट्टराइको नाम सिफारिशमा परेको छ । निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त छ ।
नेकपाको अखिल नेपाल जनसांकृतिक संघको तर्फबाट बोर्डमा भट्टराइको नाम सिफारिश गरिएको हो ।

उनको नाम सूचना, प्रविधी तथा संचार मन्त्री गोकुल बास्कोटाको टेबुलमा पुगिसकेको छ । केही दिनमा नै बोर्डको अध्यक्ष पदमा भट्टराइ नियुक्ती हुने चर्चा समेत चलेको छ ।

लामो समयदेखि सिनेमा निर्माणमा लागेका भट्टराई नेकपा निकट चलचित्रकर्मी हुन् । उनको नाम यसअघि पनि चर्चामा थियो । तर, यसपटक भने भट्टराइको पल्लाभारी हुने निश्चित जस्तै छ ।

For More videos Log on to Mazzako TV