अनमोललाई प्रदिपको साथ
अभिनेता अनमोल केसीलाई अर्का अभिनेता प्रदिप खड्काको पनि साथ मिलेको छ । शुक्रबार रिलिज भएको क्याप्टेन सिनेमाको ट्रेलरले युटुबमा मात्र हंगामा मच्चाएको छैन, दर्शकको दिमाग पनि हल्लाइदिएको छ । यहीकारणले गर्दा पनि अनमोल अहिले खुशी छन् ।

उनै अनमोल केसीलाई उनका प्रतिस्पर्धी मानिने अभिनेता प्रदिप खड्काको प्रशंसाले खुशी मिलेको हुनुपर्छ । प्रदिपले अनमोल केसी सिनेमामा इशान खड्का बनेको र आफू प्रदिप खड्का रहेको भन्दै क्याप्टेनको ट्रेलरको प्रशंसा गरेका छन् ।

प्रदिपले सिनेमाको ट्रेलरको खुलेरै तारिफ मात्र गरेका छैनन्, नेपाली सिनेमाको दर्शक कती छन् भनेर अनुमान पनि लगाउन सकिने बताएका छन् । यसैले पनि प्रदिपले क्याप्टेनलाई साथ दिदा अनमोल पक्कै खुशी भए होलान् नै ।