शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले फिल्मको मेकिङको चर्चालाई बाहिर ल्याएको हो । फिल्म हेर्ने अधिकाँसले यसको तारिफ गरेका छन् । साउथ इण्डियन फिल्म नगरीमा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार फिल्मले त्यस्तै स्वाद दिने प्रतिक्रिया आइरहेको छ । फिल्मलाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरहदा नै गत शुक्रबार राजधानीमा आयोजित क्याप्टेन ट्रेलर रिलिज कार्यक्रममा सुनिल थापाले पनि दिल खोलेर तारिफ गरे । प्रिमियरमा फिल्म हेरेका सुनिलले फिल्मको स्तर बलिउड बराबरको रहेको बताए ।

‘फिल्म निकै राम्रो बनेको छ , यो बलिउडको ए ग्रेडको फिल्म झैँ लाग्छ’ उनले भने ‘फिल्म हेर्नुस र फिल्मको बारेमा बोल्नुस , यस्ता फिल्मले हाम्रो स्तर बढाउछ ।’ उनले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा ‘मेरिकोम’ मा काम गरेका थिए । फिल्ममा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV