अनमोलको ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक (भिडियो)
अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अनमोललाई फुटवल खेलाडीको रुपमा प्रस्तुत गरिएको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा अनमोलसँगै ुनिल थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ । फिल्मको एक गीतमा निरुता सिहंको पनि अभिनय रहने छ ।

‘यसमा अनमोललाई अघिल्लो फिल्म भन्दा भिन्न प्रस्तुतिमा पाउनु हुनेछ ।’ निर्देशक भट्टराई भन्छन ‘पछिल्लो समय अनमोललाई दर्शकले हेर्न चाहेकै अनुसार प्रस्तुत गरेका छौ ।’ फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV







