सफलता आफैमा बिराट बिषय हो । सफल एक जना भए पनि त्यसमा धेरैको हात हुने गर्छ । भारतिय चारर्चित कमेडी शो “द कपिल शर्मा शो” मा प्रमुख सफलता कपिल शर्मा र सुनिल ग्रोभरले पाए पनि त्यसको मेरुदन्ड उनिहरु को पुरै टिम थियो । करीब एक बर्ष पहिले लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो ।

त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसबीचमा उनका सहकर्मीहरु लाखापाखा लागे, उनको चलचित्र डुब्यो, उनी डिप्रेसनग्रस्त भए । यसको साइड इफेक्ट सुनिल उर्फ मसुर गुलाटीलाई नपर्ने कुरै भएन । उनी पनि चम्किलो स्क्रिनबाट क्रमस धुमिल हुँदै गए ।
अहिले भने कपिल शर्मा तंग्रिएका छन् । उनी फेरी आफ्नो लोकप्रिय कमेडी शो लिएर टेलिभिजनमा फर्किएका छन् । र, यो कमेडी शोले अपेक्षाकृत उडान भरिरहेको छ ।

कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन् । सलमानकै पहलमा अब भने सुनिल ग्रोवर “द कपिल शर्मा शो”मा र्फकदैछन् । ‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर । तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका छैनन् । अब भने सुनिल ग्रोवर पुनः कपिल शर्मा शोमा फर्किने तयारीमा छन् सुनिल ग्रोवर कपिलसँग छुटेर टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ सुरु गरेका थिए । तर, दर्शकले उक्त शो रुचाएनन् । त्यसैले उक्त शो बन्द भयो । अब पुरानो टिम फेरी एक जुट हुँदैछ भने भारती सिङ र कृष्ण अभिशेक पनि यस शो को हिस्सा रहेका छन् ।

For More videos Log on to Mazzako TV