जान्हवी फ्लप र सारा हिट भएकोले चिन्तित छन् बोनी
बलिउड स्टार हरुलाई आफ्नो फिल्मको भन्दा पनि अरु नै कुराको बढी चिन्ता हुन थालेको छ । ९० का दशकमा आफ्नो स्टार्डम देखाएका हस्ती हरु लाई आफ्नो सन्तानको चिन्ताले दिन रात सताइरहेको छ । पछिल्लो समय २ नयाँ नायिकाको तुलना खुबै हुने गरेको छ । तुलना मात्र होइन, को भन्दा को अगाडि भन्ने पनि देखिन थालेको छ । चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालेकी निर्माता बोनी कपुर र नायिका श्रीदेवी छोरी जान्हवी कपुरको तुलना सैफअली खान र अमृताकी छोरी साराअली खानसँग हुने गर्दछ ।

सारा र जाहन्वीको एकै बर्ष बलिउडमा मात्र आगमन भएको छैन, उनीहरुको बिषयलाई लिएर फ्यानविच लडाई पनि हुने गरेको छ । जान्हवीको करिअर र चर्चालाई लिएर उनका पिता बोनी कपुरमा चिन्ता सुरु भएको चर्चा हुन थालेको छ । भारतीय मिडियाका अनुसार बोनी कपुर जान्हवीको भन्दा साराको चर्चा बढी भएकोमा चिन्तित छन् ।
