‘दबंग’ बलिउडका एक्सन सुपर स्टार सलमान खानको दर्शक माझ निकै लोकप्रिय मध्यको एक फिल्म हो । अब भने सलमान ‘दबंग ३’को कामको लागी निकै ब्यस्त भएका छन् ।
‘दबंग ३’ मा चुलबुल पाण्डेको सामना पनि एक जोडदार भिलेनसँग हुने भएको छ । सलमानले जति नै सुपरहिट फिल्म दिए पनि उनका यस्ता फ्यान धेरै छन्, जो मात्र चुलबुल पाण्डे उर्फ ‘दबंग’ को दिवाना छन् । अहिले लामो समयदेखि उनी यसको तेस्रो सिक्वेलमा जुटेका छन् ।

यसबीच साउथका सुपरस्टारलाई दबंग ३ मा भिलेनको भूीमकामा देख्न पाइने भएको छ । फिल्ममा किच्चा सुदीपलाई अनुबन्ध गरिएको छ । सुदीप र सलमान निकै लामो समयदेखि एकअर्कासँग काम गर्न चाहन्थे । अब ‘दबंग ३’ मा दुबै दमदार एक्सन पेश गर्न जाँदैछन् ।

हालै सलमानले सुदीपको फिल्म ‘पहलवान’ को टिजर सोसल मिडियोमा साझेदार गरेका थिए । सुदीपको कन्नड फिल्ममा ठूलो नाम छ । उनले ‘मक्खी’ (इगा) र ‘फूंक’ जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् ।

For More videos Log on to Mazzako TV