अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा स्वस्तिमा बिभिन्न अवतारमा प्रस्तुत छिन् । कतै टेम्पो डाइभरको रुप त कतै नग्न रुपमा पनि प्रस्तुत छिन् । सार्वजनिक ट्रेलर निकै मज्जाको बनेको छ ।

फिल्ममा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । नव–अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवा पनि ट्रेलरमा प्रस्तुत छन् । अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारहरुको समेत अभिनय छ ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ । फिल्मको ‘खुद्रा खाद्री माया’ बोलको गीत अहिले चर्चामा छ ।

For More videos Log on to Mazzako TV