फ्राइडे रिलिज : चौका दाउ हलमा
फिल्म ‘चौका दाउ’ आजबाट अलनेपाल प्रदर्शनमा आएको छ । ‘चौका दाउ’ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा उमेर ढल्किएका ४ बुढाहरु एक तरुनीको मोह जालमा फस्दा आइपरेका समस्याहरुलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, अजश्र ढुँगाना प्रमुख भूमिकामा छन् ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्र चौका दाउका परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको पनि चौका दाउमा अभिनय देख्न सकिन्छ ।
‘चौका दाउ’ मा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायँकन दीर्घ गुरुङले गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठको एक्सन, कोमल राजभण्डारी र सुमन गुरुङको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन सम्पादन रहेको छ । सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।